-माधव खनाल , अर्घाखाँची।
अर्घाखाँची-अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न १ निवासी एवं हाल दाङ जिल्ला लमहीमा ब्यापार ब्यबसाय गर्दै आउनु भएका केशव खनालले २०८१ बैशाख महिनामा आगोलागीबाट घरबार बिहिन भएका भुमिकास्थान नगरपालिका वार्ड न १ र ३ ढाकावाङ्ग धारापानीका अग्नि पिडितलाइ आफ्नो १४ वर्षीय
बालक छोरा सुबम खनालले कृकेट खेल खेलेर जितेको पुरस्कार ,पैसाबाट ढाकावाङ्ग धारापानीका अग्नि पीडित घरपरिवार मध्ये अति बिपन्न १३ घरपरिवार लाई राहत स्वरुप १३ थान ग्यास चुलो बितरण गर्नुभएको छ ।
राहत बितरण कार्यक्रममा बोल्दै खनालले भने यतिबेला मानव सृजित प्राकृतिक बिपत्तिको कारण आफू र आफ्नो जन्मस्थान अत्यन्तै दुखित भएको र त्यही दुखेको घाउमा मलम पुगोस भन्ने उदेश्यले आफुले आफ्नो बालक छोरा सुबम खनालले कृकेट खेलबाट विभिन्न बिदामा उत्कृष्ट भएको पुरस्कार स्वरुपको नगदबाट यी राहत सामाग्री बितरण गरेको बताउनुभयो ।
राहत बितरण कार्यक्रममा भुमिकास्थान नगरपालिका वार्ड न १ का अध्यक्ष गोपाल प्रसाद खनाल र वार्ड न ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडेले बालक सुवम खनालको उज्वल भविस्यको कामना गर्दै केशव खनाल लगायत उहाँको परिबारलाई धन्यवाद दिनु भएको थियो ।