सरकारविरुद्ध सडकमा कांग्रेस : ओली गिरिबन्धु प्रकरणमा जोगिन रविलाई सहकारीमा साथ दिँदैछन् : विश्वप्रकाश शर्मा (तस्बिर सहित)

 

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा साथ दिएर गिरिबन्धुमा साथ लिन लागिपरेको आरोप लगाएका छन्।

कांग्रेसले आइतबार राजधानीमा सरकार विरुद्ध गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै कांग्रेस नेता शर्माले गिरिबन्धुमा साथ लिनकै लागि संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडानमा एमाले अध्यक्ष ओली रहेको बताए।

May be an image of 2 people, temple and text that says "सत्ताको बलमिच्याई र बककतकी रकम फिता सहकारी ठगी विरुद, विरोधे प्रदर्शन गराई न्या दिलाहउन २०ટર ने १३ે. खुला सभा- जिवलिी काभेस काठमाडी. लजिकनकर र भत्तपर) भकाटी मगड, कालमारी र"

गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आसय रहेको उनको आरोप छ।

May be an image of 4 people and text that says "सताको बलमिच्याई र सहकारी ठगी विरुद, बचतक्तांको रकम फिर्ता गराई न्याय दिलाउन! विरेध प्रदर्शन W. खुला सभा हकारी ठगीक T끼원 पहा"

‘ओलीलाई जोगाउनुपर्ने पार्टी पङ्ति छ। रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भक्तपुरका रवि लामिछानेलाई समय लाग्छ।’

May be an image of 3 people and crowd
अध्यक्ष ओलीको अडानलाई लिएर एमाले भित्र गम्भीर समीक्षा हुनुपर्ने समय भइसकेको पनि उनले बताए। ‘एमाले आज कुन वर्गको पक्षमा उभिन चाहन्छ ?’, शर्माले प्रश्न

May be an image of 5 people and text

गरे। गृहमन्त्री रवि लामिछानेले संसद्‌मा सम्बोधन गर्दा उठाएका सवालबारे सबैमा छानबिन गर्न कांग्रेस तयार रहेको भन्दै शर्माले अधिकारसम्पन्न आयोग बनाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई चुनौती दिए।

May be an image of 1 person and text

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछाने उपर कतै पनि अभियोजन नभएको भन्दै लेखेको पत्रबारे टिप्पणी गर्दै महामन्त्री शर्माले भने, ‘यो महान्यायाधिवक्ता

May be an image of 1 person and text that says "हकारी ठगीकी PouT पहा JI #NSU #Rabi ado Rank"

कार्यालय रास्वपाको भ्रातृ संस्था हो? कहिले लेखेर दिन्छ, सहकारीमा दोषी हुनुहुन्न भनेर। कहिले लेखेर दिन्छ, दुई वटा पासपोर्टमा मुद्दा चलाउन पर्दैन भनेर।’

May be an image of 2 people, temple and text that says "सत्ताको बलमिच्याई र बककतकी रकम फिता सहकारी ठगी विरुद, विरोधे प्रदर्शन गराई न्या दिलाहउन २०ટર ने १३ે. खुला सभा- जिवलिी काभेस काठमाडी. लजिकनकर र भत्तपर) भकाटी मगड, कालमारी र"

-एनपी
May be an image of one or more people and crowd

May be an image of 1 person and text

May be an image of one or more people, crowd and text

May be an image of one or more people and crowd