गणतन्त्र दिवसमा गृहमन्त्रीको घोषणा: अबदेखि महिला ट्राफिक प्रहरीलाई महिनावारीका बेला ४ दिन बिदा

 

काठमाडौं । गणतन्त्र दिवसका दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिलाहरूका लागि नयाँ सुविधाको घोषणा गरेका छन्।

सहकारी पीडितहरूलाई न्याय नदिलाएसम्म राजनीतिबाट विश्राम नलिने गृहमन्त्रीको  घोषणा - सिएन नेपाल :: Canada Nepal

उनले मंगलबार (जेठ १५ गते) सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको शुभकामना दिँदै अबदेखि महिनावारीका बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा डिउटी गर्न नपर्ने घोषणा गरेका हुन्।

गृहमन्त्री लामिछानेले लेखेका छन्, गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयास: अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयम् सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ।’

-एनपी