अर्घाखाँची । श्री जनज्योति माध्यमिक बिद्यालयमा अध्ययनरत एक छात्रामाथी यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि सोही बिद्यालयका एक जना शिक्षक पक्राउ परेका छन् ।
उक्त बिद्यालयमा अध्ययनरत एक छात्राले आफु माथी यौनजन्य दुर्ब्यबहार भएको भनी प्रहरीमा उजुरी दिएकी थिइन ।
सोही बमोजिम अदालतबाट पक्राउ पुर्जी जारी भएपछी आरोपित शिक्षकलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । थप बिबरण अनुसन्धान पछी आउने प्रहरीले जनाएको छ।