क्षमता भन्दा बढी लोड बोक्ने टिप्परलाई कार्वाही गर्न प्रजिअ खत्रीको निर्देशन

 
-दामोदर खत्री ,अर्घाखाँची डट्कम ।

अर्घाखाँची –अर्घाखाँची जिल्लामा क्षमता भन्दा बढी चुन ढुङ्गा बोकेका टिप्परहरु ओवर स्पिडमा कुदाउदा समेत संबंधित निकाएको ध्यानाकर्षण नभएको भन्दै अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न ७ का जनताले चर्को बिरोध जनाउन थालेपछि पछि अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बानियाँ निर्माण सेवा

प्रालिले उत्खनन गरेको चुनढुङा खानीमा अनुगमन गरि सन्धिखर्क नगरपालिका वडा न: ७ मा रहेको तिनपाने लेक उत्खनन भुगर्भ सिमेन्टले उत्खनन गरिरहेको छ ।

उक्त चुनढुङ्गा खानीमा प्रजिअ द्वारा अनुगमन पछि खानी संचालक तथा आफू मातहतका प्रहरीहरुलाई सरकारसँग गरिएको सम्झौता

 कार्यान्वयनको लागि अनुरोध गर्दै कानुन बिपरित भएमा कार्वाही गर्न निर्देशन दिनु भएको छ सम्झौता अनुसार खानी बाट डुङ्गा गाडिमा वजन १० टन मात्र बोक्ने सम्झौतामा उल्लेख गरिएको छ ।

उक्त सम्झौतालाई मिच्दै २०/२२ टन सम्म बोकेको जनताको गुनासो छ । अब १० टन भन्दा धेरै बोके कारबाही गर्न प्रमुख जिल्ला अधिकारी खत्रीले निर्देशन दिनुभएको छ ।

 

अन्य समाचारहरु