-अर्घाखाँची डट्कम सम्बाददाता।
अर्घाखाँची – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा मशाल बीच अर्घाखाँची जिल्लामा एकता अधिबेशन सम्पन्न भएको छ ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सचिबालय सदस्य तथा लुम्बिनी प्रदेशका सह-सयोजक कृष्ण केसीले सम्बोधन गदै नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नका लागि देशी बिदेशी शक्तीहरुको कसरत भइरहेको बताउदै ,देशको राष्ट्रिय स्वाधिनताको बिषयमा पटक पटक सरकारमा गएका
कम्युनिष्ट नामधारी दलहरुले सत्तासंग सौदावाजी गरिरहेकोले राष्ट्रिय स्वाधिनताको लागि बिचार मिल्ने कम्युनिष्ट पार्टीहरुसंगको एकतालाई समेत जोड दिदै नेता केसीले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको बिषयमा आवाज बुलन्द गर्न आवस्यक रहेको बताउनु भएको थियो।
कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य अर्जुन, केन्द्रीय सदस्य कौडिल्य,ओबिराम,केन्द्रिय तथा जिल्ला ईन्चार्ज हुकुम खड्का केन्द्रीय सल्लाहकार पिताम्बर भट्टराइ प्रदेश सदस्य अशोक थापा लगायतले मन्तब्य राख्नु भएको थियो।
कार्यक्रम पार्टीका जिल्ला संयोजक राजेन्द्र नेपालीको अध्यक्षता सह-संयोजक ज्वालाको सञ्चालन सह-सयोजक अबिरलको स्बागत मन्तब्यमा सम्पन्न ,कार्यक्रममा ५५ सदस्यीय जिल्ला समिति घोषणा गरिएको छ । साथै कार्य विभाजन र जिम्मेबारी समेत तोकिएको छ । कम्युनिस्ट बिभाजन भन्दा एकतालाई सो पार्टीले लामो सयम देखि जोड दिदै आएको छ ।
यस्तो छ प्रेस बिज्ञप्ती: