लुम्बिनी सरकारले हचुवाकै भरमा नभई , धरातलिय यथार्तमा टेकेर बजेट ल्याउनुपर्छ : पूर्व सांसद क्षेत्री

 

-अर्घाखाँची ड्टकम।

अर्घाखाँची – पूर्व सांसद निर्मला क्षेत्रीले लुम्बिनी प्रदेश सरकारले बजेट तथा योजना तर्जुमाका लागि सबै क्षेत्रहरूलाई सहभागिता गराइ बृहत रुपमा छलफल तथा अन्तक्र्रिया गरेर जानुपर्ने सुझाव दिन दिनुभएको छ ।

बजेट कुराकानीमा उहाँले लुम्बिनीमा आन्तरिक स्रोत कम भएको र संघबाट आउने अनुदान समेत घटेर आउने संकेत देखिएपछि प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याउन लागेको देखिन्छ ।

नेपाली काङ्ग्रेस संसदीय दलको पुर्ब सचेतक समेत रहेकी उहाँले संघीयताको मर्म अनुसार प्रदेशको औचित्य र यसलाई बलियो बनाउने गरि बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, प्रदेशलाई समृद्ध प्रदेश आत्मनिर्भर प्रदेश बनाउने लक्ष्य बमोजिम पूर्वाधार भन्दा उत्पादनमुखी केन्द्रित बजेट भएमात्र युवा युबती पलायन हुनबाट रोक्न सकिन्छ । यसप्रति सरकारको ध्यान जान जान जरुरी छ ।

नेपाली काङ्ग्रेस महासमिति सदस्य क्षेत्रीले प्रदेश सभासदले योजना छनोट गर्दा बिगतका बर्षहरूमा मुख्यमन्त्री र मन्त्रीहरूले सत्तालाई दुरूपयोग गरि आफ्नो निर्वाचन क्षेत्रमा बजेट फिजाउने अन्य सभासदहरू र जिल्लालाई निरासा बन्ने परम्परा निरुत्साहित गरी जिल्लाहरुको आबश्यकता आधारमा बजेट बिनियोजित गर्नुपर्ने आबश्यक देखिएकाे बताउनुभयाे ।

नेता क्षेत्रीले भन्नुभयो, अनुमानित राजस्व अपेक्षा गरेर हचुवाकै भरमा बजेट नल्याइ खर्च हुने गरि बजेट ल्याउदा उचित हुनेछ । लुम्बिनी प्रदेश सरकार यतिबेला बजेट तथा नीति कार्यक्रमको तयारीमा छ ।

अन्य समाचारहरु