अमेरिकामा भेटिएको देश !

अमेरिकामा भेटिएको देश !

 

  प्रकाश दाई

बिदेश पुगेका  सबैसँग , देश फर्कने  एउटै उदेश्य हुन्छ ।

तहाँ जो जस्ले कार्ड लिए-  सजिलोको लागि लिएका हुन् ।   देश त्याग्न,  छोड्न वा बिर्सन लिएका होइनन् । जन्मिएको ठाउँ भन्दा पर पुगेको बेला उनिहरुले प्राप्त सुबिधालाई लिएर रास्ट्रियताको प्रश्न गर्नु बेकुफि हो ।कार्ड प्राप्त नगर्दा देशको माया लाग्ने र प्राप्त पछि नलाग्ने भन्ने हुँदैन ।

   हेर्नुस् त अमेरिका-

तहाँ भएका नेपालीहरुले कस्तो गज्जबले मैदानमा उपस्थिती जनाए ।बाजा गाजा सहित खेलाडिहरुको मनोवल बढाए ।   बुढा देखी बच्चासम्मको अनुहार नियाल्नुस् त , कति गहिरो छ रास्ट्र भाव ।खेल हार्दा पनि तालि बजाए ।हाम्रा खेलाडि खेल्दै गर्दा,

आफु बसेको देशमा खेलाडीको माध्यमबाट आफ्नो देश पाए ।
खेल दौरान एकजना नेपालि रोईरहेको तस्बिरले – धेरैथोक बोल्यो ।

उसको मन पोखियो आँखाबाट । माया पोखियो ।रास्ट्र भाव पोखियो कहिले काँही हामी बिदेस बस्नेहरुलाई सजिलै अपमान गरिदिन्छौ । देश सँग उनिहरुको साईनो नभए जसरि बोलिदिन्छौ । आफ्ना होइनन् भनेजसरी व्यबहार गरिदिन्छौ ।

आज देश चलेकै बिदेस बस्नेहरुले हो । यहाँको अर्थतन्त्रको मेरुदन्ड नै बिदेस बस्नेहरु हो । हरेक सुख दु: खमा सबैभन्दा अगाडि आउने नै बिदेस बस्निहरु हो ।

उनिहरु देशमा छैनन् र त अचेल देशमा रौनक छैन । पर्वहरु उदासिन भैसके । जिवनको महत्वपुर्ण समय सँगै बिताएकाहरु फेरि एकैफेर भेट हुने कुरा कल्पना बाहिरको बिषय भैसक्यो ।

Match Report - NEP vs NED 7th Match, Group D, June 04, 2024 - Pringle and Co stifle Nepal as Netherlands open their account

देश बनोस् भन्ने पिर सबैभन्दा बाहिर भएकालाई हुन्छ । यसैले त बाहिर गएपछि, कार्ड भएको होस् या नभएको सबैले राख्ने उदश्य देश फर्कनु हो ।

संसारमा कतै होला त कोही
जस्ले बिदेस पुगेपछि देश भुलेको होस्।