काठमाडौं । भारतीय प्रधानमन्त्रीको रुपमा पुन: शपथ लिने तयारीमा रहेका नरेन्द्र मोदी एनडीए गठबन्धनको संसदीय दलको नेता बनेका छन् । शुक्रबार संविधान सदनको केन्द्रीय हलमा बसेको गठबन्धनमा आबद्ध १३ वटा दलको बैठकले मोदीलाई गठबन्धनको नेता बनाएको हो ।
मोदीले गठबन्धनको नेता बनेपछि धन्यवाद दिएका छन् । उनले भने, ‘नयाँ जिम्मेवारी दिनुभएकोमा धन्यवाद । एनडीए गठबन्धन वास्तविक अर्थमा भारतको वास्तविक आत्मा हो।’
यसअघि गठबन्धनमा मोदीलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । उनले जुन ९ मा प्रधानमन्त्रीको शपथ लिदैँछन् ।
-बिबिसी