१ अर्बको लागतमा अर्घाखाँचीमा सिमेन्ट उद्योग खुल्दै, वार्षिक २ लाख ५ हजार मेट्रिक टन सिमेन्ट उत्पादनको लक्ष्य

सान्केतिक तस्बिर:

उद्योगबाट ६० हजार मेट्रिक टन पीपीसी, १ लाख ५ हजार ओपीसी र ६० हजार मेट्रिक टन पीएससी सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ।

 

काठमाडौं- आर्थिक मन्दीका कारण निर्माण क्षेत्रको व्यापार चलायमान हुन सकेको छैन। निर्माण क्षेत्र सुस्त छ। निर्माण सामाग्रीको माग बढ्न सकेको छैन। निर्माण क्षेत्रको मूल्य अभिवृद्धि दर ऋणात्मक छ।

भएका सिमेन्ट उद्योग बन्द भइरहेका छन्। अहिले दर्जनभन्दा बढी ग्रान्डिङ उद्योग बन्द भइसकेका छन्। केही ग्रान्डिङ उद्योग बन्द हुने चरणमा छन्। क्लिंकर नै उत्पादन गर्दै ग्रान्डिङ समेत गरिरहेका कतिपय उद्योगको व्यापार समेत खस्कँदो छ।

तर यस्तो मन्दीको अवस्थामा पनि नयाँ सिमेन्ट उद्योग दर्ता भएको छ। उद्योग विभागका अनुसार अर्घाखाँचीमा उद्योग रहने गरी नयाँ सिमेन्ट उद्योग दर्ता भएको छ। विभागका अनुसार मकालु सिमेन्ट नामको उद्योग दर्ता भएको छ।

उद्योगले चुनढुंगा उत्खननसँगै उद्योगका लागि एकैपटक विभागमा उद्योग दर्ता गराएको छ। २ वटैमा गरी करिब एक अर्बको लगानी प्रतिबद्धता छ।

चुनढुंगा उत्खनन उद्योगमा १७ करोड ६७ लाख र ६१ हजार रुपैयाँको लगानी प्रतिबद्धता छ।   यसैगरी सिमेन्ट उत्पादन उद्योगतिर ७० करोड ५० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। २ वटै उद्योगमा गरी ७६ जनाले रोजगारी पाउने छन्।

images

उद्योगबाट ६० हजार मेट्रिक टन पीपीसी, १ लाख ५ हजार ओपीसी र ६० हजार मेट्रिक टन पीएससी सिमेन्ट उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ।

Credit- Bizness News