जेठ २६ ,अर्घाखाँची। अत्यन्तै पुरानो जीर्ण भवनबाट सेवा दिईरहेको जिल्ला अस्पताल अर्घाखाँचीको स्वरुप फेरिने भएको छ । बिरामीहरु अस्पताल जादा अस्पताल भबन अाफै बिरामी परेको जस्तो देखिने अस्पताल भबन अब अत्याधुनिक सुबिधा सहित ५० शैयाको सेवा दिनका लागि नयाँ भवन निर्माण हुन लागेको हो ।
करिब ४८ करोड लागतमा तयार हुने आधुनिक भवनको निर्माण कार्य सुरु गर्नका लागि नक्सा बनाउने सम्बन्धित सरोकारवाला सग छलफल गर्ने जस्ता कामहरु पूरा गरि अब टेन्डर निकाल्ने तैयारी गरिएको संघिय आयोजना कार्यान्वयन इकाई सिध्दार्थनगर रुपन्देहीका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।
पन्थिका अनुसार मास्टरप्लान बनाई दुई चरणमा अस्पतालको बिल्डिङ निर्माण गर्नु पर्ने भएकोले सोही अनुसार पहिलो चरणमा मुख्य अस्पताल सियससि भवन क्यान्टिन र प्रशासनिक भवन सहित चारवटा अलग अलग बिल्डिङ तयार गर्ने गरि नक्सा तयार भएको छ ।
भबनमा पार्किङ सहितको ल्याण्ड स्केपिङ्ग, फोहरमैला ब्यवस्थापन आदि सहितको पहिलो चरणको अस्पताल बन्नेछ भने दोस्रो चरणमा कर्मचारीहरुको आवास लगाएका अन्य भवनहरु बनाउनु पर्नेछ तर हाल पहिलो चरणको निर्माण कार्य मात्र संघिय सरकारले अगाडि बढाउन लागेको संघिय आयोजना कार्यन्यन ईकाई रुपन्देहीका आयोजना प्रमुख धर्मेन्द्र पन्थीको भनाइ छ ।
भबन बनाउनका लागि अस्पताल प्रशासनसँग छलफल गरि प्राप्त सुझाव समावेस गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, सिएलपि,अाईयु अन्तरगत यसको बजेट सघिय सरकारको हुने र प्राविधिक पाटो एफ पि अाई यु रुपन्देहीले निर्बाह गर्ने उपसचिव ईन्जिनियर पन्थिले बताए ।
तीन बर्ष अर्थात २०८४ असोज मसान्त सम्म भबन तयार भएर हस्तान्तरण हुने समेत अायोजना प्रमुख पन्थीले दाबि गरे ।
लामो समय सम्म १५ शैयाको मात्र रहेको जिल्ला अस्पताल अर्घाखाँची अहिले ५० सैयामा स्तर उन्नति भएको र पचास सैयाका लागि आबश्यक जनशक्ति उपकरण भबन नभएको गुनासो धेरै आउन थालेपछि त्यसको पहल अर्घाखाँचीका सरोकारवालाले गरेपछि अर्घाखाँची अस्पतालको आधुनिक भवन निर्माण हुने भएको हो । भबन निर्माण भएपछि शैंया र जनशक्ति समेत थप हुनेछ ।
अस्पताल भबन थप भएपछि हालसम्म जिल्ला अस्पतालको रुपमा सन्चालन भएको भबन कर्मचारीहरुको क्वाटर स्टोर रहने गरि नया भबन निर्माण गर्न लागिएको हो । २५ शैया बाट ५० शैया मा स्तर उन्नति भएको अर्घाखाँची अस्पतालमा बिरामी राख्ने ठाउँ नहुँदा उपचारमा निकै ठुलो समस्या हुने गरेको थियोे ।
अब ५० शैंयाको अस्पतालमा भबन निर्माण भएपछि अर्घाखाँचीका बिरामीसँगै आफूहरुलाई पनि सेवा प्रवाहमा सहजता आउने जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिबारिले बताए । तिबारिका अनुसार यस बर्ष १० करोड रुपैयाँ भबन बहुबर्षिका लागि सुईकृत भएको छ। सघिय कार्वान्यन ईकाईले गुल्मी अर्घाखाँची रुपन्देही लगाएतका जिल्लाहरुमा काम गरिरहेको छ ।
अायोजना कार्वान्यन ईकाई प्रमुखको रुपमा अाएका कार्यलय प्रमुख उप-सचिव ईन्जिनियर धर्मेन्द्र पन्थि बुटल सभाहल निर्माण लगाएत गुणस्तरीय काम गराउने सफल बिबाद रहित ईन्जिनियर हुन ।पन्थि अाफु फिल्डमा नपुगे सम्म भुक्तानी नदिने काम गर्दा गुणस्तरीय गर्नु पर्ने राज्यको सम्पत्ति जोगाउनु पर्ने दुरुपयोग हुन नदिने भनी उनी कर्मचारीलाई सहि काम गर्न निर्देसन दिने गरेका छन ।