मुलुक वैदेशिक ऋणको भरमा चलिराखेको छ : सञ्चारमन्त्री शर्मा

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मुलुक वैदेशिक ऋणको भरमा चलिरहेको स्वीकार गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित सामाजिक अभियन्ताहरुको राष्ट्रिय भेलामा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले सो कुरा बताउनुभएको हो ।

मन्त्री शर्माले राष्ट्र र जनताको हितमा हुनेगरी मात्रै वैदेशिक सहायता भित्र्याउन सामाजिक संघ, संस्थालाई पनि सचेत गराउनु भयो । उहाँले सरकारले मुलुकको समृद्धिका लागि कृषि, ऊर्जा र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएको पनि बताउनुभयो ।

मन्त्री शर्माले उत्पादन वृद्धिमा जोड दिएर सरकारले बजेट ल्याएको दाबी पनि गर्नुभयो । उहाँले उत्पादन वृद्धि हुनेगरी सहायता रकम परिचालन गर्न पनि सामाजिक संघ, संस्थालाई निर्देशन दिनुभयो ।

मन्त्री शर्माले समाज कल्याण परिषदले राष्ट्र र जनताको हित प्रतिकूल हुने खालका कुनैपनि सहायता लिन नहुने स्पष्ट पार्नुभयो ।