जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै

 

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा शुरु हुँदैछ । महाधिवेशन जनकपुरधामको तिरहुतिया गाछीमा दिउँसो १ बजे शुरु हुने जनाइएको छ ।

महाधिवेशनको उद्घाटन जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरु सहभागी हुने बताइएको छ ।

जेठ ३० गतेसम्म चल्ने महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जसपा नेपालले जनाएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । हाल पार्टी विभाजन भएकाले अध्यक्षको पदमा फेरि पनि उपेन्द्र यादव नै दोहोरिने पक्का छ ।

अध्यक्षका साथै एक​ जना सहअध्यक्ष, पाँच उपाध्यक्ष, दुई महासचिव, तीन​ उपमहासचिव, सात सचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् भने २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुनेछन् ।

-एनपी