– नवीन केसी , अर्घाखाँची ।
एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः पिताम्बर भुसाल र सचिवमा तोज बहादुर रायमाझी विधान सर्वसम्मत् चयन हुनु भएको छ।
नवौं जिल्ला अधिवेशनबाट भुसाल र रायमाझी सर्वसम्मत् रुपमा चयन हुनु भएको हो ।नवौँ अधिवेशनमा पालिकाप्रतिनिधि ,आयोजक गरी ५ सय ६२ जना प्रतिनिधि मध्ये ५३२ प्रतिनिधि मतदानमा सहभागी भएका थिए ।
यसैगरी उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको थियो ।
जसमा उपाध्यक्षमा शम्भुप्रसाद पोख्रेल निर्वाचित हुनु भएको छ। पोख्रेलले ३ सय २४ मत पाउँदा गैरेले १ सय ९९ मत पाउनु भयको थियो । उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसालको उम्मेदवारी परेको थियो । जसमा खगेश्वर पन्थी निर्वाचित हुनु भएको छ ।
पन्थीले ३ सय १४ र भुसालले १८९ मत प्राप्त गर्नु भयको थियो । महिला उपसचिवमा शिवकला बिक र गीता भाट क्षेत्रीको उम्मेदवारी परेको थियो । जसमा सिबाकला विकले ३ सय ४८ मत प्राप्त गरी विजयी हुनु भएको थियो ।
भाटले १ सय ४९ मत प्राप्त गर्नु भयको थियो । सन्धिखर्कको महिला सदस्य पदमा कमला खनाल ,भण्डारी,दीपा आचार्य ,देवी थापा भुसाल ,मिश्रा आचार्य निर्वाचित हुनु भएको छ। यस्तै खुल्ला तर्फ रामबहादुर रायमाझी ,मोतीजङ रायमाझी ,लक्षमण पराजुली,लक्ष्मी नारायण चुदाली ,नारायण बहादुर बस्याल ,श्रीधर महत्रा क्षत्री , हिमबहादुर जिसी लेकाली र भारत न्यौपाने निर्वाचित हुनु भएको छ।
सन्धिखर्क ८ जनाको खुल्ला पदको लागि २३ जनाको उम्मदवारी परेको थियो । यस्तै सन्धिखर्कको युवा महिलामा श्रृजना आचार्य निर्वाचित हुनु भएको छ। अन्य ५ पालिकामा भने सर्वसहमत रुपमा नेतृत्व चयन भएको छ ।