शुरु भयो बर्खायाम: नेपाल भित्रियो मनसुन (मौसम महाशाखाको सूचना सहित)

 

काठमाडौँ । बर्खायाम सुरु गराउने मौसम प्रणाली ‘मनसुन’ नेपालमा आज (जुन १० तारिख) प्रवेश गरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २८ गते) सूचना जारी गरी नेपालको कोसी प्रदेशबाट मनसुन भित्रिएको जानकारी दिएको हो।  नेपालमा मनसुन पूर्वी क्षेत्रबाट प्रवेश गर्छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। यस वर्षको मनसुन सरदर मितिभन्दा ३ दिन छिटो नेपाल प्रवेश गरेको हो।

Walla Walla 7-day Weather Forecast | Stacker

महाशाखाले भनेको छ, ‘नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने देखिन्छ।’

भारतको उत्तर-पूर्व, बंगलादेश, भुटान हुँदै गत मे ३१ तारिखमै सिक्किम आइपुगेको मनसुन त्यहाँबाट १० दिनपछि नेपाल प्रवेश गरेको हो।

मौसमविद्का अनुसार सुरुमा पूर्वी क्षेत्रमा प्रभाव पार्ने मनसुन क्रमश: देशमर फैलिन्छ।  मनसुन प्रवेश गरेसँगै औपचारिक रूपमा बर्खायाम सुरु भएको छ।

हेर्नुहोस् मौसम महाशाखाको सूचना

यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण मौसमविद्ले यसअघि नै गरिसकेका छन्।