लायन्स क्लब अफ अर्घाखाँचीले गर्यो क्यान्सर पीडित प्रेम थापालाई आर्थिक सहयोग (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई, अर्घाखाँची।

अर्घाखाँची, जेठ- ३० लायन्स क्लब अफ अर्घाखाँचीले क्यान्सर पीडित सन्धिखर्क–१०, वेल्टारीका प्रेम थापालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

May be an image of 12 people and people smiling

क्लबका अध्यक्ष प्रकाश परियारको जन्मोत्सवको अवसर पारेर क्यान्सरबाट पीडित थापाकै घरमा पुगेर क्लबले नगद ४३ हजार ९० रुपैयाँ हस्तान्तरण गरेको हो ।

May be an image of 6 people, people smiling and hospital

विगत साढे २ वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित ४२ बर्षिया थापाको उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो जन्मदिनको अवसरमा ५ हजार १ सय सहित अन्य क्लवमा आवद्ध साथिहरुबाट संकलित ४३ हजार ९० रुपैंया प्रदान गरिएको क्लबका अध्यक्ष परियारले जानकारी दिनुभएको छ ।

May be an image of 2 people, people studying, people smiling and bedroom

लायन्स क्लब अर्घाखाँचीको तर्फबाट संस्थापक अध्यक्ष हरी प्रसाद भुसाल, निर्वतमान अध्यक्ष कृष्ण प्रसाद भुसाल, बर्ष २०२४/ ०२५ का अध्यक्ष प्रेम थापा, उपाध्यक्ष मिरा के.सी.सेजवाल, बर्ष २०२४/०२५ का कोषाध्यक्ष मिना बस्याल भट्टराई, सह–सचिव नवराज बन्जाडे, डाइरेक्टर मोहनसिंह ठकुरी, सदस्य दुर्गा वि.क, दामोदर के.सी., लेखनाथ भुसाल लगायतको टोलीले उक्त रकम हस्तान्तरण गरेको क्लबका सचिव प्रदिप आचार्यले बताउनुभएको छ ।

May be an image of 10 people and people smiling

सन्धिखर्कमा इलेक्ट्रिक व्यवसाय गर्दै आउनुभएका प्रेम थापा साढे २ वर्ष अघि फोक्सोको क्यान्सरबाट ग्रसित भएपछि उहाँको उपचारका लाखौं धनराशी खर्च भइसकेको छ । भएको धनसम्पत्ति उपचारमा खर्च भएपछि अहिले उहाँको उपचारमा समेत आर्थिक समस्या उत्पन्न भएको छ ।

May be an image of 4 people and people smiling

उपचारका लागि सबैले सहयोग गरेर आफुलाई बचाइदिन पिडित थापाले सार्वजनिक रुपमा अपिल गर्नुभएको छ ।

May be an image of 4 people, beard and people smiling

थापाको २ छोरी, साढे दुइ बर्षिय एक छोरा र श्रीमती हुनुहुन्छ । अहिले आर्थिक अभावमा नियमित उपचार समेत प्रभावित भएको र आफु तलमाथि भए परिवारको विचल्ली हुने भन्दै पिडित प्रेमले आफ्नो ज्यान बचाइदिन सबैसंग याचना गर्नुभएको छ ।

 

अन्य समाचारहरु