लामो समय देखि मुटुको जटिल रोगबाट थलिएका रिजालको आर्थिक समस्याका कारण उपचार अगाडि बढ्न सकेको थिएन। घरपरिवार छिमेकी सुभचिन्तक सबैले आस मारेका रिजालको देश बिदेशमा रहनु भएका तमाम सहयोगी मनहरुलाई सचिन पाण्डेको फेसबुक एकाउन्टबाट सहयोगको अपिल गरिएको थियो। नभन्दै सम्पुर्ण सहयोगी मनहरुले एकाएक सहयोग गरेपछि पिडित गोपाल रिजालको उपचार अगाडि बढेको थियो।
अहिले रिजालको स्वाथ्यमा 50% सुधार भएको सहयोगी सचिन पाण्डेले फेसबुक मार्फत जानकारी गराएका छन्। मुटु रोगि गोपाल रिजाल उनै पिडित हुन । जसको केहि बर्ष अगाडि पनि बिनासकारी आगोले घर गोठ जलेर सखाप बनाएको थियो।
त्यो बेला पनि पाण्डे र सुबेदिकै नेतृत्वमा सहयोग रकम जम्मा गरि उहांको आबास निर्माण गरिदिएका थिए।
पाण्डे र सुबेदिले लामो समय देखि काठमाडौंमा बसेर अर्घाखांची जिल्लाका तमाम दुखि गरिब पिडितहरुको निरन्तर सहयोग उद्दार गर्दै आईरहेका छन्।