काठमाडौं। आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।
सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुरै १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भएको हो।
यो हारसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट स्वदेश फर्किने भएको छ। बंगलादेश भने विश्वकपको सुपर ८ प्रवेश गरेको छ।
नेपालका लागि कुशल मल्ल २७, दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेखले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।