इनार सफा गर्ने क्रममा दुई युवकको गयो ज्यान

 

सुर्खेत । सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा तोरण विकको घर आँगनमा इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

इमाडोलमा इनारमा खसिन् एक महिला, उद्धार जारी - Newskarobar

सोमबार अपराह्न ४ः२४ बजे इनार खन्नेक्रममा निस्सासिएर दुई जना बेहोस भएका थिए । ३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भएपछि कर्णाली प्रदेश अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो । शव अस्पतालमा राखिएको छ ।

-एनपी

अन्य समाचारहरु