-गोपालप्रसाद भट्टराई
असार-०५,अर्घाखाँची अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नियमित रक्तदाता संघ बुटवलको समन्वयमा गरिएको रक्तदान कार्यक्रमको उद्घाटन रास्वपा जिल्ला संयोजक हरि प्रसाद भुसालले गर्नुभएको थियो ।
रास्वपाको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा पार्टी संयोजक भुसालले रगतको पोका दिएर कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । सो अवसरमा ५२ जनाले रक्तदान गरेका छन् ।
रक्तदान जिवनदान शरह हुने हुनाले रक्तदान जस्तो महाअभियानलाई साथ दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको रास्वपा जिल्ला संयोजक भुसालले बताउनुभएको छ । पार्टी स्थापनाको अवसरमा रास्वपा अर्घाखाँचीले जिल्लामा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।
हिजो दन्त शिविर सम्पन्न गरेको पार्टीले सात गते सम्म चरणवद्ध कार्यक्रमहरु घोषणा गरेको छ ।
जसअनुसार असार ६ गते भोली वृक्षारोपण कार्यक्रम आयोजना गरेको रास्वपा अर्घाखाँचीले यही असार ७ गते सन्धिखर्क र शितगंगाको ठाडामा वृहत चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखेको जनाएको छ ।