काठमाडौं । सत्ता साझेदार मुख्य तीन दलले राजदूतको भागबण्डा टुङ्ग्याएका छन् । आज (बिहीबार) सिंहदरबारमा दुई घण्टा बढी बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले रिक्त ११ देशको राजदूत भागबण्डा टुङ्गो लगाएको हो ।
मन्त्रिपरिषद बैठकको जेठ २४ को वैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो । तीन नेताबीचको आजको छलफलले एमालेले आठ देशको राजदूत पाउने समझदारी गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने भएको छ ।