काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत मुछिएको सहकारी ठगीसम्बन्धी मुद्दामा अहिले सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । महान्यायाधीवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नभएको भनी क्लिनचिट दिएपछि उक्त पत्र खारेजीको माग गर्दै भट्टराईले मुद्दा हालेका हुन् ।