काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना पार्टीहरुसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समाप्त हुनसक्ने खतरा औंल्याउनुभएको छ ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना दिवसको अवसर पारेर काठमाडौमा आयोजित चियापान समारोहमा बोल्दै अध्यक्ष भट्टराईले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष भट्टराईले पुराना दलहरुसँगको सम्बन्धलाई तत्कालीन कार्यनीतिको रुपमा लिँदै देशलाई विकल्प दिनका लागि वैकल्पिक राजनीतिक शक्तिहरुसँगको सहकार्यलाई रणनीतिक रुपले अघि बढाउन पनि रास्वपाको नेतृत्वलाई सुझाव दिनुभयो । उहाँले रास्वपाको दुई वर्षे कार्यकालमा राम्रो प्रगति भएको प्रतिक्रिया पनि दिनुभयो ।
त्यस अवसरमा अध्यक्ष भट्टराईले रास्वपाको अझै प्रगति गर्दै जाओस् भनि शुभकामना पनि दिनुभयो ।