असार-८ ,अर्घाखाँची- नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेशका सह-माहामन्त्री विष्णु प्रसाद खनाल (मुस्कान )ले नेपाली काङ्ग्रेस भुमिकास्थान नगरपालिका वार्ड न १ साविक ढाकावाङ्ग ६ ओखटेनिवासी नेपाली काङ्ग्रेस भुमिकास्थान १ का सस्थापक नेता एवं नेपाली काङ्ग्रेस भुमिकास्थान नगरपालिका वार्ड न १ का सदस्य बासुदेव भुसालका बुवा स्वर्गीय मोतीराम भुसालको निधनले आफ्नो पार्टी नेपाली काङ्ग्रेस मात्रै नभै सिङ्गो प्रजातान्त्रिक आन्दोलन लाई आघात पुगेको बताउनु भयो।
शनिबार नेपाली काङ्ग्रेस भुमिकास्थान नगरपालिका वार्ड न १ वडा समितिले स्वर्गीय मोतीराम भुसालको निधन भएको नवौं दिनको अवसरपारी आयोजना गरेको श्रद्धाञ्जली शभामा शोक मन्तव्य राख्दै नेता खनालले सो कुरा बताउनु भयो ।
साथै खनालले स्वर्गीय भुसालले पार्टीप्रती पुर्याएको योगदानको उच्च- सम्मान गर्दै उहाले लिएको नितिलाइ अङ्गिकार गर्दै अगाडि बढ्न सकेमा मात्रै उहाँको आत्मले शान्ती पाउने कुरामा जोड दिनुभएको थियो ।
यस्तै श्रद्धाञ्जली कार्यक्रममा नेपाली काङ्रेसकी महिला नेत्री एवं लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारीले स्वर्गीय भुसालको निधनले आफू र आफ्नो पार्टिले भुमिकास्थान १ को इमानदार अभिभावक गुमाएकोमा अत्यन्तै दुखित भएको बताउनुभयो । त्यस्तै नेपाली काङ्ग्रेसका अर्घाखाँची जिल्ला सभापति केशव श्रेष्ठले पनि स्वर्गीय भुसालले लिएको नीति र पार्टी प्रती पुर्याएको योगदानको नेपाली काङ्ग्रेस अर्घाखाँचीले उच्च कदर गर्दै उहाले देखाएकोबाटोमा लाग्न परिवार र आम कार्यकर्ता लाई आग्रह गरे ।
श्रद्धाञ्जली शभामा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि छमा कार्की चन्द्रा गैरे नेपाली काङ्ग्रेस भुमिकास्थान नगर सभापति खडानन्द बेल्बासे नेपाली काङ्ग्रेसका युवा नेता तथा भुमिकास्थान १ का वार्ड अध्यक्ष गोपालप्रसाद खनाल त्यस्तै भुमिकास्थान ५ का वार्ड अध्यक्ष जयगोपाल श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
श्रद्धाञ्जली कार्यक्रम स्वर्गीय भुसालका छोरा बासुदेव भुसालको अध्यक्षता नेपाली काङ्ग्रेस भुमिकास्थान १ का नेता नगेन्द्र खनालको संचालनमा सम्पन्न भएको थियो । बिगत केही समयदेखि दमरोगबाट पिडित भुसालको २०८१ जेष्ठ ३२ गते ८१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।