-डिआरजी सुमन,पाणिनि।
दुर्गाफाँट, ०९ असार २०८१ । पाणिनि गाँउ पालिकाको आर्थिक वर्ष २०८१-८२ को निती तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेले निति तथा कार्यक्रम पेस गर्दै सर्वसम्मतिमा तोकिएकै समयमा पारित भएकोमा जनप्रतिनिधी तथा पाणिनि गाँउ पालिकावासीलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
पाणिनि गाँउ पालिकाको वजेट प्रस्तुत कार्यक्रम भने २०८१ असार १० गते दिनको १ वजे गाँउ पाणिनि गाँउ पालिका उपाध्यक्ष नर्मदा पौडेल गैतमले पालिका कै सभा हलमा प्रस्तुत गर्ने पाणिनि गाँउ पालिका प्रवक्ता गुनाखर अधिकारीले अर्घाखाँची डटकमसँगको अन्तरवार्तामा जानकारी दिनु भएको छ ।
पाणिनि गाँउ पालिका कृषिको प्रचुर संभावना वोकेको स्थानीय तह भएको कारण कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको पाणिनि गाँउ पालिका वडा नं ६ का अध्यक्ष कृष्ण प्रसाद पौडेलले वताउनु भएको छ ।
पाणिनि गाँउ पालिकामा क्रियाशील उत्कृष्ट पत्रकारहरुलाई सम्मान सहित महिला स्वास्थ्य स्यामसेवीका पेन्शन को सुविधा सम्मका कार्यक्रम यस निति तथा कार्यक्रममा समेटिएको छ । पाणिनि गाँउ पालिकाको पर्यटन प्रवर्द्धन लाई समेत यस निति तथा कार्यक्रम ले प्राथमिकतामा राखेको छ ।
शिक्षामा गुणस्तर सुधार, परिक्षा प्रणाली सुधार, उत्कृष्ट विद्यार्थि र शिक्षक सम्मान अंगेज़ी माध्यम का शिक्षकहरुको निरन्तरता जस्ता कार्यक्रमले यस वर्ष निती तथा कार्यक्रम मा प्राथमिकता दिईएको छ ।
थप तस्वीर : डिआरजी सुमन ।