-कृष्ण परियार ,बुटवल ।
बुटवल, असार । लायन्स क्लव अफ बुटवल स्टार्सको पद हस्तान्तान्तरण कार्यक्रम गरिएको छ । बर्ष २०२३/२४ का अध्यक्ष रिंकु लिगलले बर्ष २०२४/२५का अध्यक्ष भुपेन्द्र अर्याललाई पद हस्तानान्तरण गरेका हुन । आईतबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक गर्भनर अर्जुनमान शैजुले लायन्स क्लव अफ बुटवल स्टार्स आफैमा गौरवपूर्ण क्लव भएको भन्दै यसको गरिमा कायम राख्नुपर्नेमा जोड दिएका थिए । उनले स्थापना भएको ९ औ बर्षमा क्वले नमुनायोग्य सामाजिक उत्तरदायित्व अन्र्तगतका काम गरेको भन्दै यसको सिको अन्य क्लवहरुले पनि सिक्नुपर्ने बताएका थिए । गर्भनर शैजुले भने–‘यो क्लब आफैमा गौरवपूर्ण क्लव हो, यसले गरेका कयौं काम महत्पूर्ण रहेका छन्, यसको निरन्तरता दिन आवश्यक छ ।
’
कार्यक्रममा लायन्स डिष्ट्रिक ईलेक्ट फस्ट भिडिजी बालाराम भट्राईले क्लबले गरेको काम आफैमा महत्वूर्णरहेको बताउँदै स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नाराका साथ सेवाभावमा लाग्नको लागि सबैले प्रेरेणा लिनुपर्ने बताएका थिए । कार्यक्रममा लायन्स डिष्ट्रिक ईलेक्ट सेकेन्ड भिडिजि सन्दीप कसौधनले आफुले स्थापना गरेको क्लवले ९ औं बर्ष सम्ममा नमुनायोग्य काम गर्न सफल भएकोमा धन्यावाद समेत दिए । उनले क्लबको गरिमा कायम राख्नको लागि आगामी पदाधिकारी र सदस्यहरु ले महत्पूर्ण भुमिका खेल्नेमा आफु निश्चिन्त भएको बताएका थिए ।
कार्यक्रममा लायन्स ईलेक्ट डिष्ट्रिक सचिव माधव खनाल, ईलेक्ट टे«जर प्रकाश श्रेष्ठ, क्लवका पुर्व अध्यक्ष तथा सिनियर डिष्ट्रिक एड्भाईजर आशिषकृष्ण श्रेष्ठ, नोमीनेट गेट लिडर तथा क्लवका पुर्व अध्यक्ष एम.एल. पाण्डेय, एरिया चिफ बिनोद सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्लवका नयाँ अध्यक्ष भुपेन्द्र अर्याल ले क्लवको आगामी कार्यकाल अझ बढि महत्पूर्ण सामाजिक कार्यमा लाग्ने प्रतिवद्धता जनाएका थिए । उनले अग्रजहरुले दिएको मार्गदर्शनलाई अनुकरण गर्दै जाने समेत बताएका थिए । क्लवका सचिव किरण कुमार केसीले नव निवाचित सचिव राम बहादुर शाहीलाई पद हस्तान्तरण गरेका थिए । यस्तै कोषाध्यक्ष पिताम्बर अर्यालले नव निर्वाचित कोषाध्यक्ष गोकुल तिवारीलाई पद हस्तान्तरण गरेका हुन ।
क्लवको १२ औ बैठकममा बर्षभरी भएको योजना तथा कार्यक्रमको बारेमा प्रतिवेदन समेत प्रस्तुत गर्दै पास गरिएको थियो । बर्ष २०२३÷०२४ का अध्यक्ष रिंकु लिगलले आफ्नो कार्यकालमा विभिन्न विधामा संयोजक तथा सहयोग गर्ने संस्था तथा सदस्यहरुलाई मायाँको चिनो सहित सम्मान गरेका थिए ।