अर्घाखाँची:  भुमिकास्थान नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक ।

 

-केशवराज ज्ञवाली ,अर्घाखाँची डटकम । 

भूमिकास्थान – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि नगरसभा बाट पारित ८६ करोड ८८ लाख ४७ हजार रुपैयाँको बजेट आज सार्वजनिक गरेको छ ।

नगरपालिकाले आज पत्रकार सम्मेलन मार्फत बजेट सार्वजनिक गरेको हो । भुमिकास्थान नगरपालिकाले यस बर्षको नीति तथा कार्यक्रममा महिलाहरुको पाठेघर र स्तन क्यान्सर रोकथाम नियन्त्रण गर्न स्वास्थ शिबिर , ज्येष्ठ नगरिक घरदैलो सेवा , १५ शैयाको आधारभुत अस्पताल संचालन , बसाइ सराइ कम गर्न कर्मशिल जनशक्ती रोजगार कार्यक्रम , स्थानिय उत्पादनमा जोड र बजारिकरणको ब्यबस्थापन , बिपद जोखिम नियन्त्रण ,नगरका मुख्य सडक कालोपत्र ,सहित नगरको आन्तरिक आम्दानी बृद्दी गर्ने लक्ष्य लिएको छ ।

बजेट तर्फ नगरपालिकाले कुल बजेटको ५८ प्रतिशत ३९ करोड ७९ लाख ३१ हजार सामाजिक बिकासको क्षेत्रमा छुट्टाएको छ । यसै गरि पुर्वाधार तर्फ २० प्रतिशत १३ करोड ९१ लाख , सुशासन तथा संस्थागत बिकास क्षेत्र तर्फ १६ प्रतिशत १० करोड ९९ लाख ४९ हजार , आर्थिक बिकास तर्फ कुल बजेटको ५ प्रतिशत बिनियोजन गरेको छ ।

 

नगरपालिकाले आगामी आर्थिक वर्षमा रोजगारी, स्वरोजगार र उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने नीति लिएको नगर प्रमुख झविलाल थापाले बताएका छन ।

जस अनुसार नवप्रवर्द्धनात्मक कार्यक्रम अन्तरगत कर्मशील जनशक्ति परिचालन गर्ने, बाँझो जग्गामा व्यवसायीक खेती गर्न सूचीकृत बेरोजगारलाई काममा लगाउने, आगामी आर्थिक बर्षमा ५ सय व्यक्तिलाई स्वरोजगार बनाउने गरी हस्तकलाका सामग्री उत्पादन र बजारीकरणमा संलग्न गराउने नगरपालिकाले निति तथा कार्यक्रम बनाएको नगर प्रमुख थापाको भनाई छ।

बजेटको बिस्तृत बिवरन नगरपालिका कार्यलयको वेभसाइट

मा हेर्न पनि सकिने छ ।

 

अन्य समाचारहरु