काठमाडौँ- कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्।
त्यस्तै, चौधरीलाई बिहान ८ बजे आफ्नै घरनजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेको थियो। उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा उपचारको क्रममा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर अन्य ६ जना घाइते रहेका छन्।घाइते हुनेमा कैलाली जानकी गाउँपालिका-४ बेलपुरकी २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी गाउँपालिका-६ का ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका-९ बुदेनीकी ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र २० वर्षीया खिमा कडायत रहेका छन्।
-एनपी