-सन्तोष सुनार ,सन्धिखर्क अर्घाखाँची ।
सन्धिखर्क – जिल्लामा रहेका सम्पूर्ण क्रियाशिल पत्रकारहरुको क्षमता अभिबृद्दी गर्नुका साथै पत्रकारहरुलाई पत्रकार महासंघको महत्त्वको बारेमा जानकारी र नयाँ पत्रकारहरुलाई पत्रकारिता गर्दा ध्यानदिनुपर्ने कुराहरुको बारेमा जानकारी गराउन सन्धिखर्कमा कार्यक्रम भएको छ ।
सन्धिखर्क नगरपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सन्चालन भएको कार्यक्रमको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगर प्रमुख कृष्ण प्रसादले श्रेष्ठले पत्रकारहरुले समाचार संकलन गर्दा सत्य तथ्य समाचारहरुमा ध्यान दिन विशेष आग्रह गरेका छन । पत्रकारहरु र नेपाल पत्रकार महासंघलाई हेरक क्षेत्रबाट आफुले गर्नु पर्ने सहयोगको लागि सधै तत्पर रहेको जानकारी पनि उनले गराए ।
कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल ,सहित महासंघ अर्घाखाँची शाखाका पुर्व अध्यक्ष शोभाखर भुसाल ,हिम जि सि लेकाली ,पत्रकारमहासंघ लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य सहित जिल्लामा रहेका विभिन्न संघसंगठनमा आवद्ध पत्रकार र अन्य क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख प्रशासकीय खुमलाल भुसाल , महसंघ अर्घाखाँचीका पुर्व अध्यक्ष शोभाखर भुसाल ,हिम जि सि लेकाली,लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्यले कार्यक्रममा शुभकामना मन्तव्य राखेका हुन ।
नेपाल पत्रकार महासघका अध्यक्ष अशोक कुमार खनालको अध्यक्षता र पत्रकार महासङ उपाध्यक्ष बिरेन्द्र केसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागिहरुले भिडियो रिपोर्टिङ , अनलाइन पत्रकारिता , निस्पक्ष पत्रकारिता , सत्य तथ्यमा आधारित सुचना संचार लगायतका बिषयमा छलफल सहित प्रशिक्षण लिएका थिए ।