अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले प्राङ्गारिक मलको उत्पादन गर्ने

 

-सागर महत , अर्घाखाँची।

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले प्राङ्गारिक मलको उत्पादन गरि किसानलाई वितरण गर्ने भएको छ । नगरपालिकाबाट संकलन भएको कुहिने बस्तुबाट उत्पादन भएको मल किसानलाई वितरण गर्ने कार्यक्रम ल्याइएको हो ।

यस्तै नगरभित्र रहेका १२ वटै वडामा फोहोर संकलन केन्द्र निर्माण गरिने भएको छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमम र बजेट सार्वजनिक गर्दै नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले एक वडा एक उत्पादन कार्यक्रम पनि संचालन गर्ने बताउनुभयो ।

यस्तै चक्लाबन्दी, लिज खेती, सामुहिक तथा करार कृषिलाई प्रोत्साहन गर्ने पनि उहाँले बताउनुभयो । सन्धीखर्क नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ७ करोड ११ लाख १७ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।

 

अन्य समाचारहरु