-धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकामा इलाका प्रशासन कार्यालय चन्द्रौटाले लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले औषधको बढ्दो कारोबारले नयाँ पुस्ता विकृति तर्फ उन्मुख भइरहेकोले सबै पक्षले यसलाई समयमै नियन्त्रण गर्ने कुरामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख बाबुराम अर्यालले पछिल्लो समयमा किशोरावस्थाको तथा युवावस्थामा रहेका व्यक्तिहरू लागु औषध तथा दुर्व्यसनीबाट बढी प्रभावित भएको अवस्थामा घरपरिवार, समाज तथा विद्यालयहरूले समेत सचेतना अभिवृद्धि गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यसतै कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालय चन्द्रौटाका लेखा प्रमुख गोविन्द अर्यालले मदिरा तथा लागु औषध नेपाल को एक्लो प्रयासले नियन्त्रण गर्न नसक्ने हुंदा समाजका सामाजिक अभियन्ता, विधालयका शिक्षकहरु एन जि ओ, आइ एन जि यो , स्थानिय तहहरू, परदेश तहको साँझा प्रयास बाट लागु औषध सेवनकर्ताको डाटा कलेक्सन, अध्ययन अनुसन्धान पुनर्सथापना तथा उपचारबाट मात्र लागु औषध नियन्त्रण सम्भव रहेको बताउनुभयो ।
एस. ई.ई मा राम्रो नतिजा नआउनु लागू पदार्थ र दुर्ब्यसनी पनि एक महत्वपूर्ण कारण रहेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले बताउनुभयो । कार्यक्रममा शिवराजनगरपालिका,कृष्णनगरका जनप्रतिनिध,प्रहरी,कर्माचारी र पत्रकार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन ईलाका प्रशासन कार्यलयका लेखा प्रमुख गोबिन्द अधिकारी गर्नुभएको थियो।