भूमिकास्थानमा मनाइयो २१ औं राष्ट्रिय धान दिवस (तस्बिर सहित)

 

-टेकराज भुसाल।

बुटवल। २१ औं राष्ट्रिय धान दिवस अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकामा पनि मनाइएको छ। भूमिकास्थान नगरपालिका कृषि शाखाको आयोजनामा वडा २ ढाकावाङ्गकाे खाकावेशीमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको हो।

May be an image of 9 people

“जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवस मनाईएको भूमिकास्थान नगरपालिका कृषि शाखाले जनाएको छ।

May be an image of 7 people and grass

नगरप्रमुख झविलाल थापा, प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली, भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, ३ का वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, संचारकर्मी, विभिन्न कृषि सहकारी संस्थाका अध्यक्षहरु र कृषकहरुकाे उपस्थितिमा धान राेपाइ गरिएको थियो।

May be an image of 6 people and grassMay be an image of 4 people

साे अवसरमा नगरप्रमुख थापाले नगरवासीको मुख्य आम्दानीको स्रोत धान नै रहेकाले यसको उत्पादन बढाउन र यहाँका किसानको संरक्षण गर्ने मुख्य दायित्व स्थानीय तहको काँधमा रहेको बताउदै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याइएको बताउनुभयाे।

May be an image of 7 people, flower and grass

‘हामी बाँच्नका लागि धानको सहारा लिन्छौं´ नगरप्रमुख थापाले भन्नुभयो ‘तर धान उत्पादन गर्ने किसानलाई बचाउने प्रयास गर्दैनौं ।’ अब किसानलाई बचाउने कार्यतर्फ नगरपालिका सदैव तत्पर रहन्छ।

May be an image of 6 people and grass

सोही अवसरमा सहभागी र अतिथिहरुलाई दही चिउरा समेत भोजन गराइएको नगरपालिका कृषि विकास शाखा प्रमुख रामबहादुर थापाले जानकारी दिनुभयाे।

May be an image of 9 people

नेपाल कृषि प्रधान देश भएको र यहाँका अधिकांश मानिस कृषि पेशामा निर्भर रहेकाले बर्सेनि धान दिवस मनाउने गरिएको छ । २०६१ साल मंसिर २९ गते मन्त्रिपरिषदले निर्णय गरि २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

May be an image of 6 people and grass

May be an image of 7 people

May be an image of 6 people

May be an image of 13 people

May be an image of 11 people, seedlings and grass

May be an image of 9 people and grass