काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ ।
ईण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्न नयाँ मूल्यमा वृद्धि भएपछि आयल निगमले पेट्रोलमा प्रतिलिटर २ तथा डिजे र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । वृद्धि भएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निमगले जनाएको छ ।