-कृष्ण परियार,बुटवल ।
बुटवल असार – लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल मेट्रोसिटि, लायन्स क्लब अफ डायनामिक लेडिज, लायन्स क्लब बुटवल संसार ,लायन्स क्लब अफ बुटवल इलिट,लायन्स क्लब अफ तिलोत्तमा स्टार्स ,लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि,लायन्स र लियो क्लब बुटवल स्टार्सको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।
सोमबार बुटवल अमरपथ रक्तसंचार केद्रमा रक्तसंचार बुटवलको प्रबिधिक सहयोगमा रक्तदान गरेको छ । नवनिर्वाचीत अध्यक्ष भुपेन्द्र अर्यालले पहिलो दिनमा रक्तदान गरेर सामाजीक कामको सुरुवात गरेका हुन ।
अब ९० दिनको अन्तरालमा रक्तदान गर्ने अर्यालले बताए । रक्तदान कार्यक्रममा ९१ जनाले रक्तादान गरेका संयोजक दुर्गा आलेले जानकारी दिए । कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक पुरुषोतम भक्त प्रधानाङ ले ग्लोबल कष्ट ८ वटा सामाजीक कार्य अनर्तगतलाइ जोडदिन आग्रह गरे ।
विगत बर्षहरुमा गर्दै आयका विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय कामलाई निरन्तरता सेवा दिनु पर्ने बताए । कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का निबर्तमान गर्भनर अर्जुनमान सौजु, प्रथम भवाइस गर्भनर बालाराम भट्टराई, द्धितिय भवाइस गर्भनर संदिप कसौधन ,डिष्ट्रिक सचिव माधव खनाल, डिष्ट्रिक कोषाध्यक्ष प्रकास श्रेष्ठ,जिएस टि कोडिनेटर आशिष कृष्ण श्रेष्ठ,जिएम कोडिनेटर एम.एल पाण्डे ,ए ओजी बिनोद सुबेदी, एरिया ३ चिफ शान्ति पाठक पाण्डे लगाएतले बोलेका थिए ।ं
त्यस्तै कार्यक्रमा लायन्स क्लब अफ बुटवल मेट्रो सिटि अध्यक्ष गोपाल खरेल,लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज का अध्यक्ष गिता पौडेल, लायन्स क्लब बुटवल संसार अध्यक्ष बोम बहादुर थापा , लायन्स क्लब अफ बुटवल इलिट अरुण कुमार ज्ञवाली ,लायन्स क्लब अफ बुटवल तिलोत्तमा स्टार्सका अध्यक्ष विना पौडेल ,लायन्स क्लब अफ बुुुुटवल स्माट सिटि अध्यक्ष प्रकास खनाल र लियो क्लब बुटवल स्टार्स अध्यक्ष विक्रम आर्चाय लगाएत आफ्नो धारणा राखेका थिए ।