भारत: उत्तर प्रदेशस्थित एक गाउँमा भीडमा कुल्चिएर कम्तिमा ६० जनाको मृत्यु

 

काठमाडौँ-   भारतको उत्तरप्रदेशमा भोलेबाबा सत्संगको समापनका क्रममा भागदौड मच्चिंदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको हाथरस जिल्लाको रतिभानपुरमा सत्संगको समापन कार्यक्रममा भागदौड मच्चिएपछि भीडमा च्यापिएर उनीहरुको ज्यान गएको हो ।

मर्नेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । घटनामा सय जना बढी घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

१३ वर्षपछि भएको उक्त कार्यक्रममा स्थानीय प्रशासनले अनगिन्ती मानिसको प्रवेश दिंदा घटना भएको बताइएको छ ।

– Agency