तस्बिर : नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रिय सदस्यमा सुनार निर्वाचित, अर्घाखाँची सुनचाँदी व्यवसायी संघले गर्यो सम्मान ।
-सन्तोष सुनार , अर्घाखाची डट्कम।
असार १९,सन्धिखर्क। अर्घाखाँची सुनचाँदी ब्यवसायी संघका जिल्ला सचीव तारा बहादुर सुनार असार १४,१५ मा सम्पन्न भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको नवौ, दसौं र एघारौं साधारणसभा तथा चौथो महाअधिवेशनबाट केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन् ।
केन्द्रिय सदस्य पदमा निर्वाचित सुनारलाई आज सन्धिखर्क मिडिया चोक स्थित सुनचाँदी व्यवसायी संघको कार्यालयमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो।
सम्मान कार्यक्रममा निर्वाचित सुनारलाई प्रदेश सदस्य टोपेन्द्र बराली र जिल्ला अध्यक्ष कृष्ण बहादुर विश्वकर्माले टीका प्रमाणपत्र र खादा लगाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना समेत दिनु भएको थियो।
सगसगै सम्पुर्ण अर्घाखाँची सुनचाँदी व्यवसायी संघमा आवद्ध सबै उपस्थित सदस्यहरुले समेत टीका खादा लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै तारा बहादुर सुनारले विगत लामो समय देखि सुनचाँदी व्यवसायी संघमा आवद्ध भइ सुनचाँदी व्यवसायिहरुको हकहितको लागि काम गर्दै आएको र अहिले झनै महत्त्वपूर्ण जिम्मेवारी पाएको आफुलाई पनि महसुस भएको भन्दै यस पेसामा लागेका सम्पुर्णलाई हातेमालो गर्दै अगाडि बढने प्रतिबद्दता जाहेर गरेका छन।
अर्घाखाँची सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष कृष्ण बहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठक, ताराबहादुर सुनारको प्रमुख आतिथ्यता ,बिशिस्ठ अतिथिमा प्रदेश सदस्य टोपेन्द्र बरालि,सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष टोपलाल गहतराज ,जिल्ला का.स.स.डिलबहादुर सुनार र व्यवसायी संघमा आवद्ध सम्पुर्ण सदस्य हरुको उपस्थिति रहेको कार्यक्रमको सन्चालन कृष्ण पन्थी सुनारले गर्नु भएको थियो।
थप तस्बिर :