गृहमन्त्री लामिछानेको मुद्दामा दुई न्यायाधीशको राय बाझियो

 

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशबीच राय बाझिएको छ ।

न्यायाधीश सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासको रिटमा दुई न्यायाधीशहरूबीच राय बाझिएपछि पूर्ण इजलासमा जाने भएको छ ।

अब तीन न्यायाधीशको पूर्ण इजलासले फैसला सुनाउने छ । बिहीबार मुद्दाको टुंगो लाग्न सकेन ।