जंगली जनावरबाट बाली जोगाउन वैकल्पिक खेती गर्दै भलायडाँडाका किसान (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।

अर्घाखाँची – विभिन्न खाद्य तथा नगदे बाली बाँदरले खाइदिएर सताउन थालेपछि सन्धिखर्क–२, भलायडाँडाका किसानले समुह र सहकारी मार्फत वैकल्पिक खेतीको शुरू गरेका छन् ।

May be an image of 1 person and text

बाँदर आतंकबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसको विकल्पमा स्थानिय डोलेश्वर बहुउदेश्यिय सहकारी मार्फत कागती र पोख्रेलटोल कृषक समुह मार्फत कफि खेती गर्न थालेका हुन् ।

May be an image of 3 people, people studying and text

बाँदरबाट अन्नबाली जोगाउन नसकेपछि वैकल्पिक खेती गर्ने किसानको संख्या बढ्दो छ । खाद्य तथा फलफूल उत्पादन हुने गरे पनि बाँदरबाट जोगाउन कठिन हुन थालेपछि भलायडाँडाका किसानले कृषि समुह र सहकारी मार्फत वैकल्पिक खेती गर्न थालेका हुन् ।

May be an image of 8 people and people studying

यसअघि मकै, गहुँ, केराउ, मसुरो लगायत फलफूल लगाइने ठाउँमा किसानले अहिले कागती रोप्न सहकारीलाई जग्गा लिजमा दिएका छन् । भने कृषि समुह मार्फत कफि खेती सुरु गरेका छन् । करिब ६५ रोपनी जग्गामा बार्षिक भाडा बुझाउने गरि करिब २ हजार कागतीका बिरुवा रोपेको डोलेश्वर बहुउदेश्यिय सहकारी सन्धिखर्कका प्रबन्ध निर्देशक दिपक के.सी.ले बताउनुभएको छ ।

May be an image of 4 people and text

बाँदरले सताएपछि सन्धिखर्क–२ भलायडाँडाका किसानको बाँझै रहने अवस्थाको ६५ रोपनी खेतीयोग्य जग्गामा अहिले २ हजार कागती र करिब ५० रोपनी जमिनमा ५ हजारबढि कफिका बिरुवा लगाइएको छ ।

May be an image of 6 people

पारिलो अनि मलिलो जमिन, राम्रो खेती हुने गरे पनि उत्पादन जति बाँदरले खाइदिँदा किसानले उपभोग गर्न पाउँदैनथे ।

May be an image of 2 people

May be an image of 4 people and text

‘बाँदरले धेरै नै दुःख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा सहकारीले व्यावसायिक कागती खेती शुरू गरेको छ,’ भने हामीले पनि समुहमा कफि खेती थालेका छौं, स्थानीय अगुवा शिव प्रसाद पोख्रेलले भन्नुभयो, मकै, कोदो, गहुँ जस्ता अन्नबाली र दलहन तथा अन्य नगदेबाली बाँदरकै कारण संरक्षण गर्न सकिएन ।’

May be an image of 6 people

May be an image of 8 people and tree

कागती बारीमा पनि बाँदर नआएको होइन । तर काडा र अमिलो हुने भएपछि बाँदर कागती खान आउन छाडेको अर्का स्थानीय गोबिन्द प्रसाद पोख्रेलको भनाइ छ ।

May be an image of 5 people

वनक्षेत्रमा बाँदर भुल्ने र उसले खाने चिज केहि नभएको, यता बाँदर धपाउने मान्छे पनि गाउँमा प्रयाप्त नभएपछि बारीमा बाँदरबाट अन्नबाली जोगाउन कठिन पर्ने हुँदा कागती र कफि खेती शुरू गरिएको अर्का स्थानीय कृषक आश्रित चुंदालीले बताउनु भयो ।

 

 

 

यसरी व्यवसायिक खेती गर्ने र उत्पादनमा जोडिने सहकारी, समुह र किसानलाई हर किसिमको सहयोग गर्ने सन्धिखर्क नगरपालिका कृषिशाखा प्रमुख राजेन्द्र भट्टराईले वचन दिएको छ । कागति खेतीको लागि आवस्यक कृषि औजार सहकारीलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो वचन

दिनुभएको हो । कृषि, उद्योग र ब्यापार मार्फत आर्थिक समृद्धि हाँसिल गर्न सकिने भन्दै यि क्षेत्रका उत्पादनमा जोडिने सहकारीलाई आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने कृषि शाखा प्रमुख भट्टराईको भनाई छ ।

राज्यले गर्नुपर्ने काम सहकारीले गर्ने गरेको भन्दै सबैको सकरात्मक सहयोग भएमा उत्पादन र रोजगार क्षेत्रमा आफुहरुले अग्रणी भुमिका खेल्न सक्ने डोलेश्वर बहुउदेश्यिय सहकारीका अध्यक्ष मोतिराज शर्माको भनाई छ ।

सरकारले बाँदर लगायत वन्यजन्तु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकिरहेको छैन । बाँदर नियन्त्रण भएमा जमिन बाँझो हुने समस्या घट्ने, गाउँमै रोजगारी सृजना हुने र किसानको आयमा वृद्धि हुने स्थानीयवासी बताउँछन् । बाँदरले दुःख दिएपछि अघिल्लो आर्थिक वर्षमा सन्धिखर्क नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगरसभाबाट बजेट विनियोजन गरि हेरालु समेत खटाएको थियो । तरपनि उक्त योजना समेत सफल हुन सकेन ।

 

अन्य समाचारहरु