काठमाडौं- सेयरबजारले २२ सय विन्दु पार गरेको छ। साताको अन्तिम कारोबार दिन नेप्से सूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा पुगेको हो। सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि ७ अर्ब माथि पुगेको छ। बिहीबार ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
आज बलेफी हाइड्रोपावर (९.९९ प्रतिशत), सिटिजन्स सुपर ३० म्युचुअल फन्ड (९.९७ प्रतिशत), एनआईबीएल स्टेबल फन्ड (९.८३ प्रतिशत), जानकी फाइनान्स (८.७६ प्रतिशत)को सेयर सर्वाधिक दरले बढेको छ।
यता समाज लघुवित्त, साधना लघुवित्त, एनएमबी ५०, सेन्चुरी डिबेन्चर २०८८लगायतको अधिकतम ४.५९ प्रतिशतसम्मले सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
सर्वाधिक कारोबारमा आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट अगाडि छ। कम्पनीको १५ करोडको कारोबार भएको छ। त्यसैगरी ग्लोबल आईएमई बैंकको प्रोमोटर सेयर १४ करोड ८८ लाख, हिमालयन रि १२ करोड ७९ लाख, सानिमा जीआईसी इन्स्योरेन्स १२ करोड ६८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ७९ लाखको सेयर कारोबार भएको छ।
आज जीवन बीमा ३१८.६९ अंकले बढ्दा निर्जीवन १११.९० अंकले बढेको छ। माइक्रोफाइनान्स र व्यापारबाहेकका सबै उपसूचक हरियो भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
-एनपी