अर्घाखाँचीको छत्रदेब गाउपालिका वडा न.१ चिदिकामा जंगली च्याउ खाँदा तिन जना बिरामी ।

केशब पन्थि ।अर्धाखाँची
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर -१ चिदिकाकामा आज बिहान जंगली च्याउ खादा तीन जना बिरामी परेका छन। बिरामी हुनेमा छत्रदेव वार्ड नम्बर १ चिदिकाका ३२ वर्षका सन्तोष नेपाली उनकी श्रीमति २२ वर्षकि अस्मिता नेपाली, छत्रदेव वार्ड नम्बर १ का पुर्ण बहादुर कामी रहेका छन। बिरामीहरुलाई उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याइएकोमा पुर्ण बहादुर कामीलाई थप उपचारको लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा पठाईएको जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर अशोक कुमार शाहले जानकारी दिनु भएको छ। जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेका दुई बिरामीको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिनुभएको छ।