– बिष्णु घर्ती भनभनेलि ।
” भानुकाे मन ”
त्याे बेला त्यही थियाे, जुन बेला धेरै केही थिएन ।
मानवता थियाे तर शुख सयल थिएन ।
कृति राख्ने मन हुन्थ्याे तर उपाय धेरै हुन्थेन ।
तै पनि,
सक्दाे गुजारा गरेरै भए पनि केही बचाउँथे
अनि धारा, पाटी, पाैवा बनाउँथे ।
कुवा खनाउँथे, चाैपारी चिन्थे ।
साथै, वर, पीपल र समी लगाउँथे ।
डाँडा चाैपारीमा भेला हुन्थे ।
साथ सहयाेगका कुरा गर्थे ।
समाज सुधारका याेजना बुन्थे ।
वल्लाे पल्लाे गाउँका समाचार भन्थे ।
गाउँटाेलमा मानाे साटेर गुजारा गर्थे ।
कागज, कलम र मसी थिएनन् ।
धुलौटाेमा लेखिन्थ्याे, ढुङ्गामा खाेपिन्थ्याे ।
लेखपढमा मान्छे त्यति लाग्न पाउन्नथे ।
काेहीकाेही लागे भने राम्राे गर्थे ।
समाजका सही कुरा कहन्थे,
जाे जीवन्त हुन्थे, इतिहास रच्थे ।
जुगजुगान्तर चल्ने खालका हुन्थे ।
घाँसीकाे कुवा त्यही हाे
भानुकाे रामायण त्यही हाे ।
कति जुग विते, कति वर्ष गए ।
काम त्यही थियाे, नाम त्यही नै हाे ।
जाे आजपर्यन्त चलेकै छ ।
र भाेलि पर्सि पनि चलिरहने नै छ ।
कुवा बनाउने मन र रामायण रच्ने मन
अझै मनका मन बढिरहने नै छन् ।
सबैका तन, मन र धन त्यस्तै रहनेछन् ।
जस्ताे मानवता झन् अग्लियाेस् ।
मानवीय मन अझै मनकारी बनिरहाेस् ।
र याे बेला यही छ, अवसर प्रसस्तै छ ।
घाँसी र भानु नै नबनुम्ला
तर केही न केही त गरूम् ।
सानै भए नि आफ्नाे नाम राखूम् ।
थाेरै भए नि मानवीय कर्म गरूम् ।
लेखक – सुद्धोधन गाउपालिक प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्ती भनभनेलि हुन।