तरभुजा खेतिमा रमाउँदै लेखा अधिकृत बन्जाडे (तस्बिर सहित)

 

-सुर्य प्रसाद भुसाल,अर्घाखाँची।

अर्घाखाँची –  रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नम्बर -१ मा पाच बिघा जमिनमा बिगत ५ / ६ वर्षयता तरभुजा प्रजातिका फलफुलले लाखौं आम्दानी हुने गरेको छ ।

तरभुजा खेति गर्ने कृषक हुन् अर्घाखाँची भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानि स्थायि घर भई रुपन्देहीमा बसोबास गर्ने नेपाल सरकारका लेखा अधिकृत स्थानीय बासिन्दा ५२ वर्षीय कृष्ण बन्जाडे पढाइ र जागिरले उनी अहिले लेखा अधिकृत हुन भने उनले  कृषि पेसा सगै जागिर गरेको बर्षौ भएको छ ।

तरभुजा बिक्रीबाट जीविकोपर्जन गर्दै वाणीवासी - कृषि पत्रिका

पाच बिघा जमिन पाच खण्डमा विभाजन गरेर तारबारले घेरेर उनले कृषि फर्म सन्चालन गरेका छन । पाचै खण्डका लागि अलग अलग गेटहरु निर्माण गरेर राखेका छन्। ढुवानीमा सजिलो होस् भनेर चार वटा द्वार राखेको भन्छन , चार–चार मिटरको दूरीमा बिरूवा रोपेका छन्। ‘तरभुजा बन्जाडे  कृषि फर्म व्यावसायिक कम्पनी दर्ता गरेर उनी धेरै बर्ष अघिबाट काम गरिरहेका छन ।

तरभुजा खेति ,मेवा खेति गर्ने जमिन केही आफ्नो र केही भाडाको हो। हाल वार्षिक १ लाख रुपैयाँ भाडा तिर्दै फर्म सन्चालन गरेका बन्जाडे दम्पतीले फलफुल फर्मको बीचमा आफ्ना लागि एउटा सानो घर पनि बनाएका छन्।  बगैँचामा ठाउँ-ठाउँमा सिसी टिभी क्यामेरा जडान गरेका छन्।

दुई वर्षयता उनको बसाइ  कृषि फर्ममै धेरै छ । उनी फर्म हेरचाहमा खट्छन्। दुई जना सहयोगी कर्मचारी छन्। बढी काम गर्नुपर्दा आवश्यकताअनुसार दैनिक ज्यालामा काम गराउँछन्। यसरी काम गर्ने स्थानीयवासी नै हुन्छन् उनिहरुलाई बन्जाडेले दैनिक ज्याला दिन्छन ।

भूमिगत पानी तानेर बिरूवामा थोपा सिँचाइको प्रबन्ध गरेको बताउदै ,खेती नजिकै रहेको घरमा धेरै जस्तो बस्ने गर्छन । उनी अब गाउँमै बस्ने र खेतीमै लाग्ने निष्कर्षमा पुगेका छन्। भन्छन्, ‘अबको जीवन कृषि कर्म गर्दै यतै बिताउने हो, यतै रमाउने हो जागिर भन्दा त पेसा उपयुुक्त भएको बताउछन ।

कृष्ण बन्जाडे अर्घाखाँचीको पाणिनि बहुमुखी क्याम्पसका पुर्व बिधार्थि हुन भने स्कुल र कलेजको पढाइ अर्घाखाँचीमा नै जागिरको सिलसिलामा पूरा गरेर सरकारि सेवामा प्रबेस गरि लेखा अधिकृत भएका उनी गरिव पिडित दिन दुखिलाई अार्थिक सहयोग गरि कमाईको १० प्रतिसत रकम सामाजिक सेवामा खर्च गर्ने गरेका छन ।

पेसाले अधिकृत भएपनि बन्जाडेले समग्र अर्घाखाँची जिल्लाको बिकास निर्माणका बारेमा व्यापक चासो राख्ने अत्यन्तै मिहिनेति कसैको लोभ नगर्ने कमाएर मिहिनेत गरेको फल राम्रो हुन्छ भन्ने सोच राखेका बन्जाडे बिहान ५ बजे देखि नौ बजे सम्म बृर्षि फर्म र बिहान १० बजे देखि ५ बजे सम्म सरकारि कार्यालय र बेलुका बिहान अाफ्नो  कृषि फर्ममा मिहिनेतका साथ काम गरेर लाखौं रुपैया अाम्दानि गर्ने अधिकृत लेवलका कर्मचारी हुन । उनलाई रुपन्देहीमा सबैले सहयोगि भनेर चिन्छन ।

अन्य समाचारहरु