काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ सुरु भएको छ । राज्यका सबैखाले हिसाब किताब आजदेखि नयाँ खातामा सुरु हुने गर्दछ ।
गत आर्थिक वर्षको पूरा हिसाब किताव भने आउन बाँकी रहेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । गएरातीदेखि सकिएको आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रका बाह्य सूचकहरु बलिया रहे ।
विदे््शी विनिमय संचिति १९ खर्ब ३७ अर्ब बढी छ भने सोधानान्तर स्थिति दुई खर्ब भन्दा बढी बचतमा छ । तर राजस्व संकलन, पुंजीगत खर्च, विदेशी अनुदानको अवस्था भने न्यून देखिएको छ । नीतिगत भ्रष्ट्रचार, वित्तिय अनुशासन, राजस्व चुहावट नियन्त्रणमा ढिलासुस्ती चुनौतिका विषय रहेका छन ।
नयाँ आर्थिक वर्ष शुरुसंगै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न विष्णु पोडेल आईपुग्नु भएको छ । पूर्ववर्ती सरकारका अर्थमन्त्री वर्षमान पुनले ल्याएको १८ खर्ब ६० अर्बको बजेट संसदबाट पारित भईसकेकाले नयाँ अर्थमन्त्री पौडेलले त्यसमै आधारित भई काम गर्नुपर्ने छ ।
राजश्वले साधारण खर्च समेत धान्न नसक्ने मुलुकको यथार्थ बनेको बेला पौडेलले अर्थतन्त्रलाई कसरी अगाडि लैजानु हुन्छ भन्ने पनि चासोको विषय बनेको छ ।
– NP