USAID / CSM र पहल नेपाल अर्घाखाँचीको साझेदारीमा संचालित (Girls For Girls Community Engagement for Education) परियोजनाको आयोजनामा सन्धिखर्क नगरपालिकामा स्थानिय पाठ्यक्रम तथा निति सम्बन्धि अन्तरक्रिया तथा परामर्श बैठक सम्पन्न।
-केशब पन्थी ,अर्घाखाँची।
अर्घाखाँची – USAID / CSM र पहल नेपाल अर्घाखाँचीको साझेदारीमा संचालित (Girls For Girls Community Engagement for Education) परियोजनाको आयोजनामा आज सन्धिखर्क नगरपालिकामा स्थानिय पाठ्यक्रम तथा निति सम्बन्धि अन्तरक्रिया तथा परामर्श बैठक सम्पन्न भएको छ ।
उक्त अन्तरक्रिया परियोजनाका संयोजक खेमराज मरासिनीले महिला,युवा तथा सीमान्तकृत समुदायका किशोरीहरुलाई गुणस्तरीय शिक्षामा पहुँच बनाउने साथै स्थानीय सरकार अभिभावक, स्कुल प्रशासन, विद्यालय व्यवस्थापन समितिलाई उत्तरदायी बनाई जसले गर्दा विद्यालय छाड्ने विद्यार्थीको संख्यामा पनि कमि आउने मुख्य उदेश्यले स्थानीय पाठ्यक्रम तथा निति सम्बन्धि परामर्श वैठ्क तथा अन्तक्रिर्या कार्यक्रम गरिएको बताउनु भएको थियो ।
कार्यक्रममा उपस्थित सरोकारवाला व्यक्तिहरुले स्थानिय पाठ्यक्रमा सुधार गर्नु पर्ने पक्षहरु बुँदागत रुपमा प्रस्तुत गर्नु भएको थियो ।
ऐन तथा नीतिगत तहमा सुधारका लागी शिक्षा ऐन कागजी बाधकमात्र भएको व्यवहारमा लागु नभएको , सन्धिखर्कको शिक्षा निति सन्धिखर्क मैत्री हुनुपर्ने , महिला र दलितको प्रतिनिधित्व सन्तोषजनक देखीएतापनि अन्य सिमान्तकृत पक्षहरु जस्तै मुस्लिम र जनजातिको पिछडिएको क्षेत्र प्रतिनिधित्व कम भएको ,युवा मैत्री र छात्रा मैत्री शिक्षानिति बनाउनुपर्ने ,विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा सिमान्तकृत वर्ग र क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने लगायतका सुझावहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम परामर्शदाता सन्जयकुमार पासीको सहजीकरण तथा Girls For Girls Community Engagement for Education परियोजनाका संयोजक खेमराज मरासीनीको संन्चालनमा सम्पन्न भएको थियोे।
थप तस्बिर :