ने.क.पा. (मसाल) को सदस्य झरनाको निधनः अर्घाखाँची शोकमा

 

-गोपाल प्रसाद भट्टराई

साउन–१०,अर्घाखाँची- नेपाल कम्युनिष्ट पार्टी (मसाल) को पार्टी सदस्य यमकला बन्जाडे झरनाको निधन भएको छ ।  अर्घाखाँचीको भूमिकास्थान–४, धारापानी घर भई हाल सन्धिखर्क बस्दै राजमो र मसालका विभिन्न तहमा रहेर कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएकी यमकलाको मंगलबार हृदयघात भई दुःखद निधन भएको हो ।

May be an image of 6 people

विद्यार्थि जिवन देखि नै अखिल छैठौंमा संगठित भई, अनेमसंघ, राजमो हुँदै नेकपा मसालको पार्टी सदस्य भएर संगठनमा काम गर्दै आउनुभएकी यमकलालाई ४९  बर्षको उमेरमा साउन ८ गते मंगलबार साँझ अकस्मात हृदयघात भई उपचारको लागि अस्पताल पुर्याउँदा बित्तिकै डाक्टरहरुले मृत घोषणा गरेको पारिवारिक
स्रोतले जनाएको छ ।

May be an image of 9 people

May be an image of 7 people

बामपन्थी विचारधाराबाट अगाडि बढ्नुभएकी यमकला बन्जाडे पार्टी काम र आन्दोलन मात्र नभई सामाजिक काममा समेत सक्रिय हुनुहुन्थ्यो । त्रिवेणी बचत तथा रिण सहकारीको उपाध्यक्ष, जिल्ला बचत तथा रिण सहकारी संघको कोषाध्यक्ष हुँदै महिला स्वास्थ्य स्वयंसेविका, नेपाल रेडक्रस जस्ता दर्जनौं संघ संस्थामा रहेर सामाजिक सेवा गर्दै आउनुभएकी यमकला बन्जाडेको अल्प आयुमै अकल्पनिय निधन भएपछि सिंगो जिल्ला नै शोकमा परेको छ ।

May be an image of 9 people

स्वर्गीय बन्जाडेको सम्मानमा अन्तिम दाह संस्कार पूर्व राजमो नेता शेर बहादुर वि.सी.ले उहाँको पार्थिव शरीरमा कम्युनिष्टको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको शोकसभामा बोल्दै नेता वि.सी.ले पार्टीले एक अनुशासित र प्रतिवद्ध सदस्यलाई गुमाउनुपर्दा अपुरणीय क्षति बेहोर्नु परेको बताउनुभएको छ । नेतावि.सी.ले नेकपा मसालको सिद्धान्त र दर्शन प्रति सधैँ प्रतिवद्ध रहनुभएको स्मरण गर्नुभएको छ ।

May be an image of 8 people and temple

May be an image of 6 people, people smiling and temple

उहाँलाई अन्तिम श्रदान्जली दिन राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झविलाल थापा, उप–प्रमुख बालकृष्ण बन्जाडे, राजमो केन्द्रिय सदस्य सागर के.सी., जिल्ला अध्यक्ष थम्मन के.सी. सहित अन्य दलका प्रतिनिधि, सहकारीका पदाधिकारी, आफन्तजन, शुभचिन्तकको घुइचो नैलागेको थियो ।

May be an image of 8 people and temple

परिवार नै राजमोमा आबद्ध रहंदै आएको उहाँको परिवारमा श्रीमान शिव र २ भाई छोराहरु मोहन र कपिल बन्जाडे हुनुहुन्छ ।

 

अन्य समाचारहरु