धरहरा काठमाडौं महानगरको होईन : प्रधानमन्त्री केपी शर्मा ओली

 

 

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको बताएका छन्।

मंगलबार मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको र त्यसलाई आम्दानीको स्रोत बनाउन सकिने बताएका हुन्।उनले भनेका छन्,’धरहराको पार्किङ कुनै पालिका विशेषको होइन।  त्यसलाई आम्दानीको स्रोत बनाउन सकिन्छ।’ ओलीले सय दिनका लागि हरेक मन्त्रालयलाई योजना बनाउन निर्देशन दिएका छन्।