इन्धनको मूल्य घट्यो

 

काठमाडौँ- सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले राति १२ बजेपछि लागू हुनेगरी मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाएको छ ।

भारतबाट आयात मूल्य घटेर आएपछि नयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ । भारतबाट खाना पकाउने ग्यासको मूल्य बढेर आए पनि हाललाई ग्यासको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ ।