बुटवल – करिब आधा घण्टा लगाएर अर्घाखाँचीकि सिर्जनाले छोरीलाई जन्म दिइन् । चिकित्सकहरूले बच्चा आफन्तको जिम्मा लगाए । सुत्केरीलाई पनि केहीबेरपछि भेट्न मिल्ने बताए । केही समयमा एक/एकजना गरेर आफन्तहरू सिर्जनालाई भेट्न वार्डमा पुगे । पछि चिकित्सकले ‘सिर्जनाको पिसाब आएन, आईसीयू भएको अस्पतालमा लैजानुपर्छ’ भनेपछि सबैको मनमा चिसो पस्यो । उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरियो ।
बुटवल ल्याएपछि चिकित्सकले तत्काल रगत चढाउनुपर्ने बताए । केही आफन्त रगतको जोहोमा लागे । अस्पतालमा भर्ना गरेपछि डब्लूबीसी बढी, हेमोग्लोबिनको कमी र जन्डिसको समस्या रहेको त्यहाँका चिकित्सकले बताए । बुटवलको रेडक्रमले डब्लुबिसि बनाउने मेसिन बिग्रेको भन्यो भैरहवाबाट रगत ल्याउदा सम्म उनको मृत्यु भइ सक्यो । हरेक दिन सयौले रगत दान गरेर बुटवल रेडक्रसमा पठाउछन तर एक सुत्केरीले ज्यान गुमाउन पुगिन ।
सृजनाको मृत्यु घटना बिवरण सृजनाको बुधबार साँझ बुटवलको ओम अस्पतालमा शल्यकृया भयो शल्यक्रिया गरेर छोरी जन्माएपछि स्वास्थ्यमा गम्भीर समस्या देखा पर्यो। अस्पतालको पूर्वाधारको अभाव: सर्जरी हुने ओम अस्पतालमा आईसियू नभएको कारण, सृजनालाई लुम्बिनी अञ्चल अस्पतालमा रिफर गरियो।
रक्त परिक्षण र रगतको अभाव: लुम्बिनी अञ्चल अस्पतालमा सृजनाको रगतमा खराबी र इन्फेक्सन देखियो। उनलाई सेतो प्लेटलेट्सको आवश्यकता पर्यो, जुन बुटवलको रेडक्रसमा मेशिन बिग्रेको कारण उपलब्ध थिएन। रगतलाई सेतो बनाउन भैरहवा लैजानुपरेको थियो, जसले गर्दा समयमै उपचार सम्भव भएन।