प्युठानको गौमुखीमा एकै परिवारका तीन जनामा हैजा संक्रमण

 

प्युठान- प्युठानमा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् ।

गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट संक्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

Two more cholera cases detected in Kathmandu – Nepal Press

‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो,’ उनले भने । गौमुखी गाउँपालिकाका आठ जनामा झाडापखाला देखिएको थियो । उनीहरूको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।