दाङ – लुम्बिनी प्रदेशमा जिम्मेवारीविहीन रहेका मन्त्रीहरूको आज कार्य विभाजन भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगरले पदभार ग्रहण गरेसँगै मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा मन्त्रीहरूको कार्य विभाजन भएको हो ।
जसमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादसाह कुर्मीले पाएका छन् भने भूमिश्वर ढकालले भौतिक पूर्वाधार, दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापाले सहरी विकास तथा खानेपानी र प्रचण्डविक्रम न्याैपानेले पर्यटन उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै, खेमबहादुर सारूलाई स्वास्थ्य र सीता शर्मालाई ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।